खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डको उल्लंघन भइरहेको कारण फेरि संक्रमण बढ्न थाल्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उल्लंघन भइरहेको कारण कोरोना संक्रमण पुनः बढिरहेको बताएको छ । विहीबार प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको कारण कोरोना संक्रमित फेरि बढ्न थालेको जनाएको हो ।

मन्त्रालयका अनुसार विगत एक सातादेखि कोरोना संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । त्यस्तै, पाँच सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार दुई सय भन्दा माथि संक्रमित रहेका जिल्लाहरु २६ वटा छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पूर्ण पालना गर्न/गराउनका लागि स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यसका साथै मन्त्रालयले आ–आफ्नो पालोमा कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्णमा अपील पनि गरेको छ । साथै स्वास्थ्य संस्थाहरुलाई तेस्रो लहर आउनसक्ने तर्फ मध्यनजर गर्दै अक्सिजन, शैय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment