इलाममा थप ४६ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु


इलाम, ७ साउनः इलामा आज इलाम नगरपालिकाका ३२ सहित ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा लकडाउन खुकुलो बनाए सँगै कोरोनाको ग्राफ बढेर गएको छ । अहिले इलाम नगरपालिकामा मात्र ८७९ जनामा कोरोना संक्रमण भई सकेको छ । इलाम नगरपालिकामा १५ जनाको मृत्यु पनि भई सकेको छ । इलामको सवै भन्दा धेरै सूर्योदय नगरपालिकामा १९ जनाको मृत्यु भएको छ । 

इलामा आज थपिएका ४६ जना सहित २८०२ जना संक्रमित भएका छन् । इलाममा आज इलाम नगरपालिकाका १३ महिला १९ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला ६ पुरुष, माइजोगमाइ गाउँपालिकामा १ महिला १ पुरुष, फाकफोकथुम गाउँपाकिलामा १ जना महिला १ जना पुरुष, र रोङ गाउँपालिकामा १ जना पुरुष रहेका छन् । 

इलाममा थप दुई जनाको मृत्यु

इलाममा आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिकाकी २५ वर्षिय महिला र  इलाम नगरपालिका ५ का ७५ वर्ष पुरुष रहेका छन् । इलाममा हाल सम्म कोरोना संक्रमणको कारण ६३ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले ७११ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ६९३ जना होम आइशोलेसनमा, १३ जना अस्पतालमा सामन्य उपचारमा र ५ जना आइ सी युमा उपचाररत रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment