मुलुकभर २७१४ जनामा कोरोना पुष्टि, थप २४ को मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १२२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख २७ हजार १६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भए, २४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २८८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८२९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख ८२ हजार ७६० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment