इलाममा पुष्पलालकाे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम


साउन ७,इलाम/ नेकपाका संस्थापक महासचिव पुष्पलालकाे ४३ अाैँ स्मृति दिवसकाे अवसरमा सन्दर्भमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामको आयोजनामा पार्टी कार्यालय सदस्य क.शान्ता बस्नेतको अध्यक्षता एवं प्रदेश सदस्य टिकादेवि घिमिरेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले नेपालमा कम्युनिस्ट आन्दोलन एवं परिवर्तनको सन्दर्भमा पुष्पलालकाे योगको सवालमा चर्चा गर्दै एक मात्र सम्झेर नपुग्ने उल्लेख गर्दै उहाँको विचारलाइ ब्यापक बहस गर्दै कार्यनयन गर्नेमा जोड दिनु भएको थियो ।


कार्यक्रमको अध्यक्ष एवं पार्टी कार्यालय सदस्य शान्ता बस्नेतले नेपाली धर्तिमा नयाँ जनबादी क्रान्ति सम्पन्न गर्ने पुस्पलालकाे सपना राेजेकोले अधुरै रहेको सपना पुरा गर्ने माओवादीको कार्याभार रहेको बताउनु भयो । 

कार्यालय सचिव प्रकाश परियारले नेपालमा कम्युनिस्ट पार्टीको इतिहासमा पुष्पलाल कहिले नस्ताउने ताराको रूपमा चम्किरहेर सारा नेपालीको मनमनमा बसेको उल्लेख गर्दै पुस्पलालको सपना पुरा गर्दै अब कम्युनिस्ट आन्दोलनलाइ एकीकृत गर्ने अहिलेको प्रमुख कार्यभार रहेको बताएका थिए ।

वि सं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका स्वर्गीय पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल बैशाखमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेनुभएका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा बिरोधी आन्दोलनमा लाग्नुभएको थियो ।

२०१७ सालमा निरंकुश पञ्चायत व्यवस्था लागू भएपछि उहाँले भूमिगत निर्वासित जीवन पनि विताउनु भयो । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने समकालिन राजनितीका नेताहरु मध्ये उहाँ पहिलो नेता हुनुहुन्यो । उहाँको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment