भारतमा किसानहरुले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै


काठमाडौं । भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् ।

हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो ।

त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो ।

अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment