भारतको आसाम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु


काठमाडौं । भारतको दुई राज्यको सीमा क्षेत्रमा झडप हुँदा ६ प्रहरी मारिएका छन् । भारतको आसाम र उत्तर पूर्वी राज्य मिजोरमको सीमामा उक्त झडप भएको थियो ।

झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीट मार्फत जानकारी दिएका छन् ।

क्षेत्रमा सोमबार स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा गोलीसमेत चलेको थियो । सीमा विवादमा दुवै राज्यका मुख्यमन्त्रीहरुबीच केही समय अघिबाट तिक्ततासमेत छाएको छ ।

यो विवादलाई मिलाउन यसअघि भारतको गृहमन्त्रालयले पनि दुवै मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर विवाद समाधानको साटो सीमामा झनै तनाव बढिरहेको छ । विगतका वर्षहरुमा पनि यो क्षेत्रमा तनाव बढेको थियो ।

आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । तर सीमा निश्चित भने भएको छैन । सीमा निश्चित गर्ने प्रयास सन १९९५ देखि नै चल्दै आएको भएपनि यसले पूर्णता भने पाइसकेको छैन । जसका कारण सीमामा विवाद हुँदै आएको हो ।

विवादको मुख्य भूमि आसामको लैलापुर जिल्ला जिल्ला पनि हो । तर यो क्षेत्र मिजोरम राज्यले दावी गर्दै आएको छ । सीमा विवादकै कारण स्थानीय सरकारी सुविधाहरुबाट बञ्चित हुनुपरिरहेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment