
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटार पुगेरैप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज बिहान दुवै नेताबीच भेटवार्ता भएको हो । उक्त अवसरमा सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीलाई भेट्नुअघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई पनि आज बिहान भेटेका थिए । नेता नेपाललाई सरकारमा लैजानका लागि प्रचण्डले छलफललाई तीव्रता दिएको बताइएको छ ।
पछिल्लो समय एमालेभित्रै एकताका प्रयासहरु भइरहेका बेला माधव नेपाल भने एकताको पक्षमा नरहेको बताइएको छ ।
0 comments:
Post a Comment