इलाममा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना नगर्दा कोरोन संक्रमणमा उछाल


इलाम । इलाममा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढेको छ । इलाम जिल्लामा रहेको झण्डै ३ लाख जनसंख्यामा ३ हजार भन्दा बढीलाई कोरोना संक्रमण भई सकेको छ भने ६६ जनाको मृत्यु भएको छ । इलाममा अहिले एक हजारको हाराहारीमा सक्रिय संक्रमितको संख्या रहेको छ ।
यसरी कोरोना संक्रमणको दर वढे पछि इलाम सोमबारबाट साउन १५ गते शुक्रबारसम्मलाई पूर्णरुपमा निषेधाज्ञा गरिएको छ । पूर्ण रुपमा निषेधाज्ञा भनिए पनि खुकुलो निषेधात्रज्ञाले सामान्य अवस्थामा फर्किदै गरेको इलाम अहिले फेरि असहज अवस्थामा पुगेको छ ।
स्वास्थ्य मापदण्ढण्ड पालना नहुनु नै इलाममा संक्रमण बढ्नुको कारण भएको र फेरि इलाममा पूर्णरुपमा निषेधज्ञा गर्नुको अर्काे विकल्प नरहेको इलामका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्द कट्टेल बताउँछन् ।
अहिले त्रिभूवन विश्व विद्यालयको परीक्षाका कारणले पनि संक्रमणको लहर रोक्नको लागि इलाममा चुनौती देखिएको र सबैै नेपालीले खोप नपाएसम्म निषेधाज्ञाको विकल्प नरहेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव वहादुर खड्का बताउँछन् ।
कोरोनाको संक्रमण हेर्दा अहिले इलाममा अझैँ संक्रमणदर वढ्ने देखिको र दैनिक १ सय भन्दा बढीमा संक्रमण देखिएको छ । दैनिक सयभन्दा माथिमा संक्रमण हुनु जोखिम रहेकाले निषेधाज्ञा आवश्यक रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बराल बताउँछन् ।
इलाम सदरमुकाम मात्र हैन कोरोनाको लहर इलामका गाउँगाउँमा पनि पुगेको छ । विषेश गरेर इलामको गाउँगाउँमा चिया उद्योगहरु सञ्चालन गर्नुपर्ने बाध्यताले गर्दा पनि संक्रमण ह्वात्तै बढेको हो । इलामा ३०३५ संक्रमित मध्ये अहिले ८४९ जना सक्रिय संक्रमित रहेका छन् ६६ जनाको मृत्यु भइसकेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment