इलाममा थप ९० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


इलाम, ११ साउनः इलाममा आज थप ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण भएकामा सवै भन्दा धेरै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिकामा मात्र आज २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा अस्पतालमा गरिएको परिक्षणमा आज मात्र ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित मध्ये ५० जना इलाम नगरपालिका र २ जना इलाम नगरपालिका वहिरकामा संक्रमण पुष्टी भएको हो । 

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका १० महिला १३ पुरुष, माङसेवुङ गाउँपालिकाका १२ महिला ८ पुरुष, सूर्योदय नगरपालिकामा ६ महिला १० पुरुष, माईजोगमाइ गाउँपालिकामा १० महिला २ पुरुष, माई नगरपालिकामा ५ महिला ३ पुरुष, देउमाई नगरपालिका २ महिला ५ पुरुष, फाकफोकथुमा २ पुरुष, रोङ गाउँपालिकामा १ पुरुष र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । 

थप एक जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ४  का एक पुरुष रहेकाछन् । 

इलामा आज थपिएका ९० संक्रमित संग ३१२५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६७ जनाको मृत्यु भएको छ । इलाममा अहिले ८७० जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment