
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई संकटमा जान नदिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।
उपचारका क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा रहेका नेता खनालले ‘कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभईकन देउवा सरकारलाई विश्वासको मत दिन’ आग्रह गरेका हुन् ।
उनले आफू संसदमा उपस्थित हुन नसके पनि आफ्नो एक मत देउवा सरकारकै पक्षमा हुने कुरा पनि वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिँदैछन् । उनको पक्षमा विश्वासको मत दिने या नदिने भन्नेमा एमालेको माधव–झलनाथ खनाल पक्षका केही नेताबीच भने विवाद छ । यसबारे निर्णय लिन उनीहरु छलफलमा जुटेका छन् ।
0 comments:
Post a Comment