१० वर्षदेखि फरार रहेका दहाल इलाम प्रहरीद्वारा पक्राउ


इलाम, ३ साउनः बन मुद्दाका फरार अपराधीलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०६८ साल फागुन ११ गते अदालतबाट १ बर्ष कैद र रु ५४,०७०।– जरिवाना तोकिएको बन मुद्दाका फरार अपराधी माई नगरपालिका ४ दानाबारी बस्ने बर्ष ३५ को कोबिद भन्ने केशब दाहाललाई प्रहरी चौकी दानाबारीलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

दाहाललाई खोततलाश गर्ने क्रममा यही साल श्रावण ०१ गते पक्राउ गरेको हो  । पक्राउ परेका दाहाललाई सम्मानित इलाम जिल्ला अदालतमा पेश गरी निजलाई कैद भुक्तानको लागिी आज (आइतबार) कारागार कार्यालय इलाम पठाईएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment