आज कोशी, नारायणी, कन्काई, बागमतीलगायत नदीमा बहाव बढ्ने, सतर्क रहन अनुरोध


काठमाडाैँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले आज  पनि उच्च वर्षा भइरहेकाे छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले त्यहाँका नदीहरूमा सतह बढ्न गइ बाढीकाे जाेखिम हुनसक्ने जल तथा माैसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायत नदीहरूमा बहाव उल्लेख्य  रूपमा बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान गरिएकाे छ । तसर्थ नदीतटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

मौसमको अवस्था 

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ र प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार दिनभर देशभरिकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले माथि उल्लिखित भूभाग एवं प्रदेशहरूको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव  को जोखिम रहेको र नदीनाला तथा खहरे-खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment