इलाममा थप २८ जनामा कोरोना संक्रमण


इलाम, १७ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २८ जना थपिए संगै संक्रमितको संख्या १ हजार ९ सय १५ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा २ महिला  १  पुरुष, सूर्योदय नगरपालिकमा ९ महिला ७ पुरुष, माङसेवुङ गाउँपालिकामा ३ पुरुष, माइ नगरपालिकामा १ महिला, रोङ गाउँपालिकामा ४ महिला र फाकफोकथुम गाउँपालिकमा १ महिला, ५  रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४८ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ५ सय २४ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment