मुलुकभर थप २२९९ जनामा कोरोना पुष्टि, ३४ को मृत्यु


काठमाडौं । पछिल्लो समय मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ९१ जना र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना कोरोनामुक्त भए, ३४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ५९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ५४ हजार ५२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment