पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१, गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा गुर्जा खोला थुनिएको र ठूलो ताल बनेको खेतबारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदिमा मिसिएको छ । ‘माथि खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा खोला थुनिएको र ठूलो तलाउ बनेको खेतवारीको काममा गएका स्थानीयले खवर गरेका छन्ए । एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छ,’ वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिनुभयो ।

उहाँले तटिय क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । खोला थुनिएको भन्दा तल्लो क्षेत्र ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment