
झापा । स्रोत नखुलेको नेपाली रकमसहित झापामा शनिबार मध्याह्न १२ बजे एक व्यक्ति पक्राउ परेका छन्।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको स्रोत नखुलेको ४० लाखभन्दा बढी नेपाली रकम सहित झापा गाउँपालिका वडा न. २ बेलाईतिबारी बस्ने ४६ वर्षीय गौरी मण्डलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रनानिको टोलीले मण्डलको साथबाट स्रोत नखुलेको अवैध नेपाली ४० लाख ३७ हजार छ सय सत्तरी रूपैयाँ बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।
मण्डललाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय लगिएको थापाले जानकारी दिए ।
0 comments:
Post a Comment