
काठमाडौं । शनिबार माइतीघरबाट सुरु भएको ‘युथ फोर्स भ्याली कमाण्ड घोषणा सभा’ कार्यक्रममा नेकपा एमाले ओली समूहका सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो । बबरमहलको कार्की ब्यांक्वैटमा गएर सभामा परिणत भएको घोषणा कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले युथ फोर्स ब्युँतिएको भनेर घोषणा गर्ने पूर्वतयारी गरिएको थियो ।
तर, कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित भए । उनको ठाउँमा पार्टी महासचिव ईश्वर पोखरल प्रमुख अतिथि बने । त्यसपछि युथ फोर्स ब्युँताइयो । र्याली घोषणा सभामा परिणत हुनुअघि माइतीघरमा निकालिएको र्यालीमा सहभागी कार्यकर्ताहरुले औँधी फोहोर गरे । कसैले पानी बोतल पिएर सडकमै फाल्दिए । कसैले खैनी खाए, सडकमै त्यसको खोस्टा मिल्काए ।
र्यालीमा सहभागी भएका कसैले फोहोर सही ठाउँमा व्यवस्थापन गरेनन् । र्याली अघि बढेर सुन्य भएपछि त्यहाँ एकजना बूढो मान्छे देखा परे । उनीसहित केही युवाहरु पनि देखिन्थे । ती वृद्धसहित युवाले सडकमा फालिएका फोहोर उठाएर सही ठाउँमा व्यवस्थापन गरे ।
ती वृद्ध कोही थिएनन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधारको मागसहित बेथितीविरुद्ध उत्रिदै आएका डा. गोविन्द के.सी. थिए । शनिबार उनको पनि माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रकै सुधारका लागि विरोध कार्यक्रम तय गरिएको रहेछ ।
तर, युथ फोर्सका युवाहरु आएर बिथोले । युथ फोर्सको नाराबाजी सकिएपछि डा. गोविन्द के.सी.सहितका युवाले त्यो फोहोर उठाए ।
‘विरोध सभाका लागि आएको थियौँ– शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका लागि । त्यस क्षेत्रका पार्टीका कार्यकर्ता पदाधिकारीमा मनोनयन गरेर संस्थानलाई धराशायी बनाइरहेका छौँ,’ उनले भने, ‘अहिले धरानको बिपि प्रतिष्ठानमा पार्टीका कार्यकर्ताले चरम लापरबाही गरेका छन् । र, अहिले हामी चरमबद्ध आन्दोलनमा छौँ ।’

यहि सिलसिलामा विरोध सभा आयोजना गर्नुअगावै युथ फोर्सका कार्यकता आएर नाराबाजी सुरु गरेर फोहोर गरेको उनले सुनाए । उनले भने, ‘प्लास्टिक र खैनी खाएपछि खोलहरु जताततै फाल्दिएका रहेछन् । फोहोर फाल्नुपर्ने ठाउँमा नफालेर जतातजै फाल्नुभको रहेछ । त्यसैले हामीले फोहोर उठाएर डस्टविनमा हाल्यौँ ।’
साथै, अबदेखि जोकोहीले पनि सार्वजनिक स्थानमा फोहोर नफालेर निश्चित ठाउँमा लगेर फाल्नुपर्ने पनि उनले बताए । त्यसपछि उनले एक मिडियाकर्मीसँग भनेका छन्, ‘र, अर्काे कुरा देशको फोहोर, अपराधिकरण गर्ने नेता, चाहे मन्त्री हुन् चाहे प्रधानमन्त्री, संसद हुन् । हामी सफा गर्छाैँ ।’
0 comments:
Post a Comment