नेपालमा फेरि बढ्न थाले संक्रमित, १४९१० को परीक्षण गर्दा ३११४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनामुक्त भए, १६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १९७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ९१० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख १४ हजार ९७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment