देउवा सरकारलाई कोभिड–१९, चुनौती र अवसर



  • अनुजा काफ्ले
सन् २०१९को अन्त्यतीर चीनको वुहान नजिकै पशुपंक्षी व्यपार हुने एउटा बजारमा यो संक्रमणको शुरुवाती विन्दु रहेको उक्त भाइरस केही महिनामै  विश्वभरी फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स – कोभ – २ हो। यसै भाइरसको सङ्क्रमणबाट हुने रोग नै कोभिड – १९ भनेर चिनियो र यसले संसारलाई नै एउटै संजालबाट आतंकित बनायो ।
यो भाइरस नाक र मुखबाट मानिसको शरिरमा प्रवेश गर्छ।  संक्रमित व्यक्तिको संसर्गमा आउने अरु व्यक्तिहरूलाई यो भाइरस  सर्न सक्छ ।
संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा नाक र मुखबाट निस्किएका स–साना छिटामा कोरोना भाइरस हुन्छन् ।संक्रमित व्यक्तिको सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुदाँ भाइरस छिर्न सक्छ। भाइरसले पहिला घाटी, श्वासनली र फोक्सोलाई आक्रमण गर्छ। ती अंगलाई आफ्नो अधिनमा लिएर भाइरसको संख्या वृद्धि गरी गम्भीर अवस्थामा पुर्‍याउन सक्तछ।
ज्वारो आउनु र सुख्खा खोकी लाग्नु कोभिड १९ को प्रमुख लक्षण हुन्। केही बिरामीमा घाटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको  पनि पाइएको छ। केही बिरामीको सुघ्ने क्षमतामा पनि शिथिल भएको पाइएको छ। केही व्यक्तिहरुलाई संक्रमण भएपनि गम्भीर लक्षण देखिदैन । तर उनीहरुले थाहै नपाई अरुलाई भाइरस सारिदिन सक्छन् । कोभिड १९ को लक्षण देखिने बित्तिकै अरुबाट अलग्गै आइशोलेसनमा बस्नुपर्ने हुन्छ र सोझै अस्पताल नगई तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । जसले गर्दा अरुलाई संक्रमण सर्ने सम्भावना कम हुन्छ ।
यो रोगको कुनै उपचार विधि त छैन। तर पनि कोभिड १९ हुदा देखिने लक्षणहरुको उपचार हुन्छ । यसले मानिसको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर विस्तारै निको हुन थाल्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट बच्ने सर्वसुलभ उपाय भनेको सरसफाइ नै हो। सावुन पानीले हात मिचिमिचि पटकपटक धुनुपर्छ। वा गुणस्तरीय सेनिटाइजर दल्नुपर्छ। यसो हुदा हातमा भएका किटाणु मर्दछन् र भाइरस सर्ने सम्भावना हुदैन ।
नेपालमा संक्रमणको दोश्रो लहर मथ्थर भएसँगै निषेधाज्ञा खुकुलो पारिएको छ। शिक्षण संस्था, सिनेमा घर, नाटक घर लगायतका केही क्षेत्र बाहेक सबै क्षेत्र खुलाइएका छन्। झट्ट हेर्दा नेपाल पनि न्यू नर्मलको अवस्थामा फर्किए झै देखिन्छ  । तर दैनिक संक्रमणको आकँडा र अस्पतालमा बिरामी भर्नाको सुक्ष्म अध्ययन गर्दा नेपाल अझै पनि कोभिड १९ को हटस्पटमा देखिन्छ । 
आज विश्वका समृद्ध राष्ट्रको दैनिक चहलपहल हेर्दा कोभिड १९ थियो र ? भने झै देखिन्छ । हिजो महामारीले सबैभन्दा बढी आक्रान्त बनाएका अमेरिका र बेलायतको आज तस्बिर र भिडियो फुटेज हेर्दा जनजीवन सामान्य देखिन्छ । तर यी देशहरुमा पनि हाल  दैनिकी संक्रमण पचास हजार हाराहारीमा छन्।  तर पनि बन्दाबन्दी र निषेधाज्ञा लगाइएको छैन। यस्तो महामारी बारम्बार दोहोरिने कारण निषेधाज्ञा गर्नु भनेको  अर्थतन्त्रको बर्बाद मात्र हुने उनीहरूको सोचाइ छ र यिनीहरु यसरी ढुक्क भएर अघि बढ्नुमा देशभरका वयस्क नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन्। जसले गर्दा  जनता र सरकारमा आत्मविश्वास बढिसकेको छ। 
तर हाम्रो देश नेपाल भने अझै पनि कोभिड १९ को हटस्पट देखिन्छ । थोरै परीक्षण र त्यसमा पनि २० प्रतिशत भन्दा बढी संक्रमित थपिने क्रम जारी छ। यसले कुनै  पनि बेला संक्रमण डडेलो सरी फैलिन सक्ने खतरा देखाउछ।
 नेपाल, भारत तथा विश्वका भाइरोलोजिस्ट तथा जनस्वास्थ्य विद्वहरुले  अनुमानित सय दिन आसपास कोभिड १९ को तेस्रो लहर शुरु हुन सक्ने प्रक्षेपण गरेको सन्दर्भमा यसबीचको समयलाई खोप, स्वास्थ्य पुर्वाधार पर्याप्त जनशक्तिको व्यवस्थापनमा उपयोग गर्नुको विकल्प छैन। 
नवगठित देउवा सरकारले देशमा पहिलो देखि  तेस्रो प्राथमिकता सम्म खोप रहेको बताउदै आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । देउवा भर्खरै मात्र सत्तामा आसिन भएकाले उनको आफ्नो बचनवद्धता वा संकल्प कति छिटो कर्ममा परिवर्तन गर्ने छन् वा छैनन् यो समयले बताउने छ। यद्यपि सत्ताका मामिलामा भाग्यमानी देखिए झै खोपमा पनि भाग्यमानी रहेको कुरा उनको सत्तारोहण पुर्व नै देशमा लाखौं डोज खोप भित्रिसकेको छ। साथै अरु डोज खोपहरु पनि  खरिद, अनुदान र ऋण जे जस्तो माध्यमबाट उपलब्ध गराएर यो तीन महिनाभित्र सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्ने छ। 
तर यस्तो संवेदनशील घडीमा नयाँ सरकार गठन भइसक्दा पनि स्वास्थ्य मन्त्री टुङ्गो लाग्न नसक्नु लज्जास्पद कुरो हो। तुरुन्तै  स्वास्थ्य मन्त्री चयन गरेर संभावित तेस्रो लहरको समय घर्किनु अघि नै युद्ध स्तरमा होमिएर आफ्नो संकल्पलाई सार्थक बनाउने काम सरकारले चाडो भन्दा चाडो गरोस्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment