
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जतिसुकै महंगो खोप परेपनि नेपाली जनतालाई ऋणै काँढेर खोप लगाइदिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ऋण, सापट लिएर भए पनि जहाँ जहाँ पाइन्छ महंगो खोपै भए नेपाली जनतालाई लगाउँछौँ भनेर प्रतिबद्धता गरेका छौँ । अवश्य पनि त्यो प्रतिबद्धता पूरा गर्दछौँ ।’
साढे एक वर्षको कार्यकाल आफूले देखिने गरी काम गर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कार्यकाल एक वर्ष ५÷७ महिना मात्र होला । तरकार्यकालअवधिभर देखिने गरी काम गर्नेछौँ । यसका लागि प्रचण्डजी, उपेन्द्र जी सबै हुनुहुन्छ ।’
0 comments:
Post a Comment