इलममा कोरोना संक्रमणको ग्राफ उकलो लाग्दै एकै दिन १२१ मा संक्रमण, एक जनाको मृत्यु,


इलाम, ८ साउनः इलामा आज रोङ गाउँपालिकामा ५७ सहित १२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा लकडाउन खुकुलो बनाए सँगै कोरोनाको ग्राफ बढेर गएको छ । इलामा आज थपिएका १२१ जना सहित २९२३ जना संक्रमित भएका छन् । 

इलाममा आज रोङ गाउँपालिकामा ३० महिला २७ पुरुष, इलाम नगरपालिकाका १२ महिला २४ पुरुष, सूर्योदय नगरपालिकामा ९ महिला ५ पुरुष, देउमाई नगरपालिकामा ९ महिला ५ पुरुष, माइ नगरपालिकामा १ महिला ५ पुरुष,  माइजोगमाइ गाउँपालिकामा ३ पुरुष र फाकफोकथुम गाउँपाकिलामा  १ जना पुरुष पुरुष रहेका छन् । 

इलाममा थप एक जनाको मृत्यु

इलाममा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरापालिका २ पशुपतिनगर वस्ने ५६  वर्षिय पुरुष रहेका छन् । इलाममा हाल सम्म कोरोना संक्रमणको कारण ६४ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले ७८१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ७६३ जना होम आइशोलेसनमा, १३ जना अस्पतालमा सामन्य उपचारमा र ५ जना आइ सी युमा उपचाररत रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment