एजेन्सी । फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु भएको छ । फिलिपिन्सको दक्षिणी भेगमा भएको दुर्घटनामा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो ।
राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य विमान दुर्घटनामा परेको बताइएको छ । अवतरणको क्रममा उक्त विमानले धावन मार्ग छोड्दा दुर्घटना ग्रस्त बनेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
दुर्घटनामा ४० सैनिक घाइते भएका छन् । उक्त विमान फिलिपिन्सको सैनिकका लागि बन्दोबस्तीको सामान र प्राकृतिक विपत्तिमा राहतको सामग्री बोक्दै आएको बताइएको छ ।
0 comments:
Post a Comment