
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भए, २७ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार १३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ७२ हजार ७९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।
0 comments:
Post a Comment