ठाउँ-ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-डुम्रे सडखकण्ड अवरुद्ध भएको छ । निरन्तर परेको वर्षासँगै खसेको पहिरोले आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

व्यास नगरपालिका– १२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान ३ः३० बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चार ठाउँमा खसेको पहिरोका कारण राजमार्ग खुलाउन सकिएकाे छैन तर पहिराे हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत नै बन्दीपुरस्थित डुम्रेको चिसापानी, नयाँ पुलमा पनि पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment