देउवाको नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय


काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन अघि बढ्ने निर्णय गरेको छ ।

सर्वाेच्च अदालतको संसद् पुनःस्थापनापछि नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम देउवाको नेतृत्वमा सरकार बनाउने निर्ण गरेको छ ।

सोमबार संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।
बैठकपछि बाहिरिएका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गठन्धनको सरकार प्रभावकारी बनाउने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment