इलाम नगरपालिकाका ३६ सहित इलामा थप ५३ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु


इलाम, २७ असारः इलामा आज थप ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर आए सँगै इलामा पनि कोरोना संक्रमितको ग्रफ वढ्दो गएको छ । आज थपिएका ५३ जानासँग इलामा संक्रमितको संख्या २ हजार २ सय ७९ जना पुगेको छ । इलामा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । 
इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका १६ महिला २० पुरुष, सूर्योदय नगरपालिकका ६ महिला ५ पुरुष, माई नगरपालिकामा १ महिला १ पुरुष, देउमाई नगरपालिकाका २ पुरुष, माइजोगमाई गाउँपालिकामा १ पुरुष  र फाकफोकथुम गाउँपालिकाका १ पुरुष रहेका छन् ।
थप एकको मृत्यु
कोरोना संक्रमणको कारण इलाममा थप एको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका ८७ वर्षका एक पुरुष रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हाल सम्म १ हजार ७ सय ९३ जनाले इलामा कोरोना संक्रमण मुक्त भएका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment