इलामको माङसेवुङमा मोटरसाईकल दुर्घटना हुदा वडा सदस्यको मृत्यु


इलाम, ३१ असारः इलामको माङसेवुङको सेतेभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी  माङसेवुङ गाउँपालिका ४ मार्चेबुङ बस्ने सोही माङसेवुङ  ४ का वडा सदस्य समेत रहेका बर्ष ३६ का धन बहादुर राईको मृत्यु भएको हो ।
दमक रबि सडक खण्डमा मे ८ प ६०४ नम्बरको मोटरसाईकलबाट घर तर्फ आउदै गरेको अबस्थामा मोटरसाईकल आफै अनियन्त्रित सोही स्थानको रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी १०० मिटर तल झर्दा टाउकोमा चोट लागी सक्त घाइते भएका उनलाई उपचारको लागी वी एन सी अस्पताल बिर्तामोड झापा  लगिएकोमा उनलाई तत्काल डाक्टरले मृत्यु घोषणा गरेका थिए । 
सव सोहि अस्पतालमा सवगृहमा रहेको तथा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment