इलाममा हाल सम्मकै उच्च कोरोना संक्रमण, एकै दिन थपिए १०० जना


इलाम, ३१ असारः इलाममा आज हाल सम्मकै उच्च कोरोनाको संक्रमण भएको छ । इलामा आज एकै दिन १०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि सवै भन्दा धेरै एकै दिन ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । लकडाउन खुकुलो बनाए सँगै इलामा कोरोनाको ग्राफ ह्वत्तै वढेर गएको छ । इलामा कोरोना संक्रमितको संख्या २४५२ पुगेको छ । 

इलामा आज सवै भन्दा धेरै सूर्योदय नगरपालिकामा १९ महिला र २४ पुरुष गरेर ४३ जनामा कोरोना संक्रमण भएको छ । देउमाई नगरपालिकामा १० महिला ९ पुरुष, माइजोगमाई गाउँपालिकामा ३ महिला ११ पुरुष, इलाम नगरपालिकामा ६ महिला ७ पुरुष, फाकफोकथुम गाउँपालिकामा ३ महिला ३ पुरुष र रोङ गाउँपालिकामा १ महिला ४ पुरुष रहेका छन् । 

इलामा कोरोना संक्रमणको कारण ५७ जानाले ज्यान गुमाई सकेका छन् । इलामा अजाको डाटा अनुसार ५१५ जाना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment