एकपटक नारी भएर बाँचेर त हेर अनि वुझ्ने छौँ महिला हिंसा के हो

  • अनुजा कफ्ले 

नारी एक रुप अनेक छन्। नारी अनेक नामले चिनिन्छन् जस्तो आमा, छोरी, सासु, बुहारी ,नन्द ,भाउजू इत्यादि । नारीले एकपछि अर्को गर्दै नाम र  समय अनुसारको भुमिका निर्वाह गर्दै जान्छिन्। उनी सन्तुलन, सहनशीलता र सिर्जनको पर्याय हुन्। एकपल्ट नारीको ठाउँमा स्वयमलाई राखेर तुलना गर्नुहोस् । अनि बुझ्न सक्नु हुन्छ कि सबैको भावना र समस्यालाई साथमा लिएर जीवन जिउन कत्तिको चुनौती र महत्त्वपूर्ण हुन्छ। नारीको अर्थ पुरुषले मात्र नभई एउटा नारीले पनि अर्को नारीलाई राम्ररी बुझ्न जरुरी छ।
नारीका हक अधिकारका आवाजहरु सुन्न थालेको दशकौ भैइसक्यो। तर नारी माथि हुने ज्यादती र दुर्ववहारको पहाड भने अझ अग्लो बन्दैछ । विभिन्न कार्यक्रममा समाजका गहना हुन् नारी भन्दै पुकार्दै हिडेका पुरुष घरमा पुगेपछि त्यही नारीको उछितो काट्छ। आदर्श र व्यवहार बीच सामञ्ज्स्यताको अभावमा समाज झनै जटिल अवस्थामा गुज्रिएको छ। 
हिजो पितृसत्तात्मक सोचमा अडिग रहेको हाम्रो समाजमा छोरा र छोरी बीच अनेकन पक्षपात थिए नै। तर समयले आज मेटो मारेको छ। परिवर्तन र विकासले थोरै भएपनि मोड लिएको छ। समाजमा छोरीलाई पनि छोरालाई जत्तिकै प्राथमिकता दिन थालिएका केही दृष्टानतहरु प्रेसित छन्। फलस्वरूप महिलाहरु डाक्टर, इन्जिनियर र देशका अग्र स्थानमा देखिदै छन्। खुशी लाग्छ केही परिवर्तनहरु पक्कै भएका छन्। 
 तर हामी नेपाली नारी एक हैन अनेक हिंसाबाट गुज्रिएका छौ। यहाँ नारीहरु छाउपडी, देउकी र कुमारी, वादी जस्ता प्रथाबाट सिकार हुदै अहिले पनि नारीप्रति गरिने कुरुप र असहाय व्यवाहारहरु यत्रतत्र छरिएर रहेका देख्न पाइन्छ । 
हाम्रो  समाजमा महिलाप्रति गरिने व्यवहार एकदमै तल्लो स्तरका रहेका छन्। महिलालाई एउटा उपभोग्य वस्तु भन्दा बढी मुल्यको ठानिदैन। हाम्रो समाजमा महिलाको गरिमा र इज्जतलाइ ख्यालै नगरी बिक्री वितरण गरिने वस्तुको रुपमा हेरिनु र तदानुरुपको व्यवहार गरिनु आफैमा लज्जास्पद कुरो हो ।
अधिकाङ्श सन्दर्भमा महिला हेलित र शोषित छिन्। पितृसत्तात्मक सोचबाट जकडिएको हाम्रा देशका पुरुषको सोचमा महिला कमजोर हुन्छन्। विवाह गरेर ल्याउने वा जाने जात न हो ! नारीले पुरुषले भनेको मान्नै पर्ने र पुरुष भन्दा तल परेर बस्नु पर्ने कुराको विकासले गर्दा महिला अझ स्वभावैले  कमजोर रहन्छिन र पुरुषले पनि महिलामाथिको दासत्व व्यबहार त्याग गरिसकेको छैन। फलस्वरूप समाजमा नराम्रा घटनाहरु घटिरहेका छन्।
अजै हाम्रै समाजमा दिदीबहिनी मात्र हैन आमा समानका महिलाहरु दुर्ववहार र हिंसाको शिकार भइरहनु भएको छ। उहाहरुले धेरै दुख पीडा र दर्दको साथ मृत्युवरण गरिरहनु भएको छ। भर्खरै उच्च अदालत इलाम शाखामा कार्यरत कर्मचारी यसको एक प्रतिनिधि पात्र हुनुहुन्छ । यस घटनाको वास्तविक नजिर पत्ता लगाएर दोषी उपर हदैसम्मको कारबाही गर्न सकिएन भने यस्ता घटनाले हाम्रै समाजमा यत्रतत्र प्रश्रय लिने छन् र हाम्रै दिदीबहिनीहरलाइ स्वतन्त्र जीवन जीउनमा प्रश्न चिन्ह खडा हुनेछ । के अब महिलाले स्वतन्त्र जीवन जीउन नसक्ने नै हो त ? यस्तो अपराध अन्त्यको लागि सबै सचेत हुनुपर्ने हो र आफ्नो ठाउँबाट व्यबहार सच्चाउनु आवश्यक भैसकेको छ।
बर्षौँ अघिको  निर्मला पन्तको बलत्कारी हत्याप्रकरणको टुङ्गो अहिलेसम्म लागेको छैन। यिनी एक प्रतिनिधि पात्र मात्र हुन् हाम्रो समाजमा धेरै निर्मला हत्याकाण्ड भएको छ। सानातिना घटनाले ठुलो आकार लिने र यस्ता ठुला घटना अन्धकारमा हराउने प्रवृत्तिले अपराधलाई मलजल पुगेकै छ। 
यिनीहरुको सुरक्षाका लागि संविधानमा समेत कैद गरिएका ती न्यायका अभिव्यक्तिहरु सैद्धान्तिक मात्र हुन् कि व्यबहारमा पनि लागु हुनेछन् ? यस विषयमा  सरकारको गहन चासो हुन जरुरी छ।
विश्वले आज धेरै प्रगति गरिसकेको छ। चेतनाको हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ। धेरै प्रकारका परिवर्तनहरु महिला हिंसा, सामाजिक विभेद र लैङ्गिक विभेदजस्ता कुराको अन्त्य भैसकेको छ । तर नेपालमा भने पुरानै परम्परा जकडिरहेको छ। आज पनि जातका नाममा संघर्ष भैरहनु कस्तो विडम्बना । यी सबै कुराहरुको समाधानका लागि सर्वप्रथम आफैबाट परिवर्तनको शुरुआत गर्नु पर्नेछ।
हो  आधुनिकतामा मोडिदै जादा नारीहरुले संस्कार, रीतिरिवाज र चलनचल्तीलाई पनि मोडिफिकेशन गर्न खोजेका छन्। सबैको चाहना, रहर र सपना एउटै हुदैन तर पुरुषले ठान्दै गर्नुभएको महिला हिंसाको कारक तत्व यी परिवर्तन हैनन्। तर  हामी महिलाहरु पनि संयमता पुर्वक अगाडि बढ्नु पर्ने हुन्छ। किनकि कति हिंससहरु महिला भएकै कारण भएका छन्। 
महिला पुरुषबाट मात्र पीडित हुदैनन् । महिला धेरै महिलाबाट पीडित छिन्। सासुबुहारीको सम्बन्ध कोही परिवारमा आत्मियताको साथ अघि बढेको छ भने कसैको परिवारमा ठुलो द्वन्द्व मच्चिएको छ। यसको समाधान भनेको एकआपसका  समस्या पहिचान गरी अन्तरसंवाद, पारिवारिक परामर्श र एकआपसमा सेयरिङ मार्फत  नै गर्न सकिन्छ। यसले उनीहरुबीच आमाछोरी सरहको सम्बन्ध स्थापित गराउँछ र समाजमा एउटा नयाँ आयामको शुरुआत हुन्छ ।
फेरि परिवर्तनको मोडमा हाम्रो समाज कतातिर धकेलिदैछ। एउटा विशिष्ट व्यक्तिले आफ्नो घरबाट हराएको कुकुरको खोजी पत्रिका मार्फत गरिरहदा उक्त कुकुर वृदाश्रममा आमासँग खेलिरहेको कुरा अवगत हुन्छ र कुकुर लिनलाई आव्हान गरिन्छ। आफ्ना सबै सोखको बलिदानी गर्दै नौ महिना गर्वमा राखेर जन्माएको सन्तानले गरेको यो कर्म महिला हिंसा हैन ? 
सबै महिला सर्वैसर्वा भन्ने पनि हैन। सबै  महिलाले आ–आफ्नो स्थानमा आफ्नो उत्तरदायित्व र भुमिका सही रुपमा प्रयोजन  नगरेको  पनि देखिन्छ । देशको शिर्ष स्थानमा पुगेर कसैको अन्धोभक्त भई प्रदर्शन गरिनु कत्तिको लायक छ ? र महिलाप्रतिको सद्भाव मेटिने काम महिलाबाट नहोस्। ठूला निर्णयमा पनि सही र गलत छुट्याउने हिम्मत महिलाले गर्नै पर्छ। कसैको बुइ चडेर सिडि  उक्लनु सही हुन्न। नभए हामी महिलाको लागि यस्तो प्रयास अभिसाप बन्छ। 
समाजमा आज पनि अनेक विभेदहरु छन्। दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएकी भनेर हेप्ने र छोराछोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति लज्जास्पद कुराहरु नेपाली समाजमा अझै कताकता मौलाइ रहेका छन् । 
समाजमा आज पनि अनेक विभेदहरु छन्। दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएकी भनेर हेप्ने र छोराछोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति लज्जास्पद कुराहरु नेपाली समाजमा अझै कताकता ज्युदै छन्।  विश्वले जतिसुकै प्रगति गरेपनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन। नेपाली समाजमा अविवेकी कुरा गरेर  हिंसालाई बढुुवा दिने प्रवृत्ति ज्युका त्युँ रहेको छ। यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन। अन्त्यमा नारीपुरुष एक रथका दुई पाङ्ग्रा हुन्। दुवैलाई अगाडि बढ्न दुवैको जरुरत उत्तिकै छ।  दुवैले एकअर्काको समस्यालाई बुझेर अघि बढुन्। हातेमालो गर्दै परवार, समाज र देशलाई संवृद्दि तर्फ धकेलुन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment