मुलुकभर थप २६७६ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार २५६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७८२ जना र ४ हजार ५१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ९८ हजार ६४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment