विराटनगर महानगर–११ मा चिया पसल सञ्चालन गर्दै आएकी महिला मृतावस्थामा फेला


बिराटनगर । प्रदेश १ मा गत सोमबार तीन जना महिला मृत अवस्थामा भेटिएको घटना सेलाउन नपाउदै विराटनगर महानगरपालिका–११ बसपार्कमा पुनः एक जना महिला मृतावस्थामा फेला परेकी मोरङ प्रहरीले जनाएको छ ।

बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज (विहीबार) मृत अवस्थमा फेला परेकी हुन् । उनको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment