एमाले कार्यदलको वार्ता जारी, निष्कर्ष आउने अपेक्षा

 

काठमाडौं । नेकपा एमालेको एकताका लागि गठन भएको कार्यदलको वार्ता अर्थ मन्त्रालयमा जारी छ ।

वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।

बैठकअघि नेपाल पक्षका संयोजकसमेत रहनुभएका भीम रावलले नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर जानुभएको थियो । रावल सिंहदरवार फर्केलगत्तै वार्ता सुरु भएको थियो ।

राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।  कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि कार्यदलमा आज सहमति हुन सक्ने बताउनुभएकाे छ ।

हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

न्युज२४ नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment