सहमति जुटाउन एमाले कार्यदल बैठक आज पनि बस्दै

 

काठमाडौँ ।  नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिने स्रोतले जनाएको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको र कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने स्रोतले जनाएको छ ।

हिजो बसेको कार्यदलको बैठकमा माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने तर अदालतबाट जस्तोसुकै फैसला आए पनि पार्टी एकैठाउँमा नै रहने गरी सहमति भएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment