कोरोना संक्रमितको आत्मबल वढाउन कोषेली सहित साँखेजुङका स्थानीयवासी संक्रमितको घरघरमा


साँखेजुङ, २६ असारः दोस्रो लहरको कोरोना संक्रामणको हटस्पट बनेको इलाम नगरपालिका १ साँखेजुङमा स्थानीयहरुले समूह बनाएर संक्रमितको आत्मबल वढाउन कोषेली सहित संक्रमितको घरघरमा पुगेका छन्  । उनीहरुले बैंक खाता खोलेर नै रकम सहयोग गरेर उठेको रकमले आवश्यक सामाग्री र पौष्टीक आहाराको कोसेली सहित चामल सहयोग गरेका छन् ।

साँखेजुङमा अहिले ८९ जनामा कोरोना संक्रमण भई सकेको छ । कोभिड–१९ साँखेजुङ सहयोग नामको समूह बनाएर स्थानीयले १ लाख ७५ हजार बराबरको सामाग्रीहर लिएर संक्रमितको घरघरमा पुगेका छन्  ।  अहिले सम्म ४३ झोला कोशेली र १५ बोरा चामल पनि संक्रमितको घरमा पु¥याएका छन् । नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरी संक्रमितको आत्मबल बलाउन उनीहरु तल्लति छन्  । अझै पनि साँखेजुङमा १०/१२ घरमा भएका संक्रममितहरुमकोमा जान बाँकी रहेको र जाने तयारी पनि भई रहेको  स्थानीयले बताएका छन् ।

साँखेजुङमा दोस्रो लहरको कोरोना संक्रमणमा वडाबाट राहात वितरण वितरण नभए पनि स्वास्थय सामाग्री र औषधीहरु र विमारी स्वास्थ्य अवस्थाबारे भने जानकारी लिएर अवश्यकता अनुसार सहयोग गर्दै आएको जानकारी वाडा कार्यालयले गराएको छ ।

साँखेजुङ चिया औद्योगिक क्षेत्र भएकोले धेरै मानिसहरु उद्योगमा रोजगरी गरेर जीविकोपार्जन गर्ने भएकोले पनि कोरोना संक्रमणको कारणमा राहात वितरण गर्नु पर्ने अवश्यकता महसुस गरेर हामीले समूह बनाएरनै संक्रमितको घर घरमा गएर राहात वितरण गरेको स्थानीय टेकेन्द्र बस्नेतले वताए ।   


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment