
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५३० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३५३ जना र ३ हजार ८८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना कोरोनामुक्त भए, २२ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४१७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ४१ हजार ३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।
0 comments:
Post a Comment