एमाले एकता गर्न आज पनि सहमति जुटेन, एकता भोलिभन्दा पर नलम्बिने


काठमाडौं । दुई समूहमा विभाजित नेकपा एमालेलाई एकीकृत गर्न पुनः गठित कार्यदलले आज सहमति गरेर एकताका ५ बुँदा सार्वजनिक गर्ने भने पनि असम्भव भएको छ । हिजो शुक्रबार १८ घन्टापछि सहमतिको बुँदाहरु थाहा हुने बताइएपनि पुनः आइतबारसम्म सहमतिमा पुग्ने कार्यदलका सदस्य एवं नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् ।

उनका अनुसार आज शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको छ । बैठकमा पार्टी एकताका समस्याहरु, त्यसको उचित समाधान कसरी गर्ने भन्ने विषयमा मात्र छलफल भएको छ ।

साथै, उनले बैठकपछि सञ्चारकमीसँग आइतबारसम्म सुखद समाचार सुन्न पाउने बताएका छन् । उनले भने, ‘गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्‍यौँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं । यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।’

पार्टीभित्र देखिएका असहज र असामान्य पस्थितिलाई मिलाउनुपर्ने भएकाले आज अन्तिम रुप दिन नसकिएको र भोलि त्यसको समाधान हुने भन्दै एकताको सन्देश भोलि दिइने उनको भनाइ छ ।

उनका अनुसार दुई समूहमा अविश्वास हटेको छ, विश्वासको वातावरण बनेको छ। अन्तमा सञ्चारकर्मीसँग उनले पार्टी एकता भोलिभन्दा पर नलम्बिने पनि उले बताए ।

उनले भने, ‘हामी अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैनु ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment