आज यी जिल्लामा हुनेछ बाढी–पहिरोको जोखिम

 

काठमाडौँ । आज पनि मनसुनी वायु सक्रिय रहेका कारण देशका विभिन्न ठाउँमा वर्षा हुने क्रम जारी छ ।

आज पूर्वमा भन्दा पश्चिमी भेगमा बढी वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाका कारण कर्णाली र महाकाली जलाधरका केही साना एवं सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यसैकारण विशेषगरी बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी लगायत जिल्लाका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा जोखिम बढी रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment