चट्याङ लागेर एकको मृत्यु

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु भएको छ । आइतबार बिहान परेको चट्याङले लागेर भीमदत्त नगरपालिका –९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी सोही चट्याङका कारण उनका १८ वर्षीय छोरा लालसिंह महरा गम्भीर घाइते भएका छन् । उनको हाल महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment