उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला


इलाम । अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन्। 

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।  

सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। धरानबाट कुकुरको टोली ल्याएर घटना अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment