झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

 


२८ असार झापा, झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment