पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या


एजेन्सी । पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।

आक्रमणपछि उहाँलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उहाँलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।

“हामी डिएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौं तर अस्पतालमा पुग्नुअघि उहाँको देहावसान भयो,” पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपतकालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ ।

प्रान्तीय विधानसभाका पूर्व उम्मेद्वार र हक्मीन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उहाँको मृत्यु भएको खानले बताउनुभयो ।

पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित हुनुभएको थियो । उहाँ आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य हुनुभएको थियो ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट गरेर उहाँको मृत्युमा शोक व्यक्त गर्दै भन्नुभएको छ, “शहन हक्मीनको हत्याको खबर सुन्दा म धेरै दुखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुबा मलिक हकमिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजायँ दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।”

खानका श्रीमती र दुई छोरा छन् । उहाँको पार्थिव घर पुग्ने बित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए ।

प्रहरी स्रोतका अनुसार उहाँलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment