इलाममा थप २२ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, २४ असारः इलामा आज थप २२ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर आए सँगै इलामा पनि कोरोना संक्रमितको ग्रफ वढ्र गएको छ । आज थपिएका २२ जानासँग इलामा संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको छ । इलामा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । 
इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका ४ महिला ३ पुरुष, सूर्योदय नगरपालिकका ५ महिला ७ पुरुष, रोङ गाउँपालिकाका २ पुरुष, र माईजोगमाई गाउँपालिकाका १ महिला रहेका छन् ।
थप एक जनाको मृत्यु
इलाम आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ७ का एक जना पुरुष रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । हाल सम्म १ हजार ७ सय २१ जनाले इलामा कोरोना संक्रमण मुक्त भएका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment