कांग्रेस कहिले सम्म ढुलमुलाउने ?


राजनीतिमा त्याग, इमानदारिता, विधि , विधान र अनुशासनको निश्चित दायर हुन्छ । त्यो दायर भित्र रहेर काम गर्न नसक्नु राजनीतिमा सबैभन्दा ठुलो नकारात्मक पक्ष र बेइमानी हो । देशको शिर्ष स्थानमा बसेर राष्ट्र र जनतालाई निकास दिनुको सट्टा नालायक व्यवहार देखाउनुको पनि हद हुन्छ । त्यहाँ आजका जनता त पीडित नै छन्। भोलि इतिहासले समेत उनीहरुलाई धिकारनेछ।
सरकारले सर्वसाधारण जनतालाई कोरोना खोपको व्यवस्था गर्न निकै नै अविलम्ब गरेको छ। धेरै जनताले अनाहकमा ज्यान गुमाइरहेका छन्।यो दुर्भाग्य कहिलेसम्म भोग्नु पर्ने यसको आकलन समेत गर्न सकिएको छैन । जनतालाई करको दायित्व बढाउने , वस्तुको मुल्य वृद्धि गर्ने तर जनताकै  स्वास्थमाथि खेलबाड गर्ने गर्नाले यहाँ  सरकारको नियत नै ठीक नरहेको पुष्टि हुन्छ । 
चुरे पहाडको खानीजन्य ढुंगा , गिटी र बालुवा उत्खनन गरी   विदेश निकासी गरेर व्यापार घाटा न्युनीकरण गर्न खोज्नु आफ्नो घर जलाएर खरानी बेच्नु साबित भएको छ। 
जो कोही सर्वसाधारण व्यक्तिले चुरे दोहनले पर्यावरणमा पार्ने प्रभावको निर्क्योल गर्न सक्छौ ।  त्यस्तै बेमौसमी बाजा बजाएर नागरिकता जस्तो संबेदनसिल विषयमा अध्यादेश ल्याउन खोज्नु ठीक होइन।
यस्तो विषम परिस्थितिमा सरकारले संसदमा विधेयक पेस गर्दै पारित गरेर जनताको अधिकार खोस्ने काम गरिरहेको छ। जनताको चाहना विपरीत संसद विघटन गरिनु  सरकारको घमण्डको परकाष्ठा रहेको  छ। सरकारी सम्पत्ति निजि कम्पनीलाई सुम्पनु पनि निन्दनीय छ। त्यसैले जनता अहिले सरकारको विकल्प खोजिरहेका छन्।
अहिले  वर्तमान सरकारको शासन पद्धतिबाट आजित भएर यसपालि नेपाली जनताले आफ्नै मन मुटुको पार्टी नेपाली काङ्ग्रेसलाई अघि सार्ने निर्णय गरिसकेका छन्। टोल टोलमा हल्ला छ नेपाली जनताको सल्लाह छ काङ्ग्रेस सरकारको  अग्नि परीक्षा आउदैछ। अग्नि परीक्षामा प्रवेश गर्न अघि नेपाली काङ्ग्रेसले आफ्नो आधारस्तम्भहरु खडा गर्ने दिन नजिकिदै आइरहेको छ। 
भोलि पार्टीको जित निश्चित छ तर आज घर दरिलो बनाउन निकै नै कसरत गर्नु पर्ने देखिन्छ । छिमेकीहरु  चियो गर्दै  छन्। कसैको अलिकति खुट्टा तान्न पाए, कसै कसैको घरभित्र सलाई सल्काउन पाए हामीलाई राम्रै हुने थियो भन्ने उनीहरुको प्रयत्न छ। तर छिमेकी घर पनि अहिले व्यवस्थित देखिन्न। आफ्नै अभिभावकको व्यवहारबाट केही सन्तानहरु रुष्ट छन्। 
चित्त बुझ्दो कुरो पनि छैन। यो उनीहरुकै विषय हो। तर काङ्ग्रेस पार्टी नरहे नेपाल देश नै  नरहने धेरै दृष्टान्तहरु उजागर गरिसकेका छन्। कम्युनिस्टको सरकारले देश कता लादै छन् हामी नेपाली जनता प्रष्ट भइसकेका छौ। सुन्दर, शान्त र विशाल हाम्रो देश नेपाललाई टिकाइ राख्न काङ्ग्रेस पार्टीले देश हाक्न जरुरी देखिन्छ । अहिले नेपाली जनताको आवश्यकता छ नेपाली काङ्ग्रेस । 
यस्तो अवस्थामा पार्टी कसरी अगाडि बढाउने भनेर आफै ढुरमुराएर बस्नु उचित देखिदैन । त्यसैले आसन्न चौधौं महाधिवेशनमा व्यक्तिगत स्वार्थ नहेरी सिंगो पार्टीलाई माया गरेर अघि बडौं। व्यक्तिको जित पराजित भन्दा पनि पार्टीको जितलाई आफैले  सुनिश्चितता गरौं । पार्टीमा सबैको महत्त्व र जरुरत उतिकै छ।
अत देश र जनताले अहिले निस्वार्थ भावले सेवा गर्ने व्यक्ति र राजनीतिक पार्टी खोजिरहेको छ।  अविलम्ब नगरी देश र जनताको मर्म र भावनालाई बुझेर काङ्ग्रेस पार्टी अघि बडोस्  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment