गौरमा भारतीय एसएसबीले नेपाली युवकलाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त

रौतहट । रौतहटको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई कुटपिट गरेपछी सोमबार दिनभर नै तनावग्रस्त बनेको छ ।

गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका ५ का गौतम दुलाललाई भारतीय एसएसबीले कुटपिट गरेपछी स्थिती तनावग्रस्त बनेको हो ।

कारोना महामारीका कारण विगत डेढ वर्ष देखि बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीका कारण विगत तीन दिनदेखि पैदल आवतजावत गर्न सूचारु भएपनि सोमबार बिहानै देखि भारतीय एसएसबीले बन्द गरेको स्थानीयहरुले बताएका छन् ।

कोरोनाकाल देखि नै गौर बैरगनिया नाका ठप्प रहे पनि सर्वसाधारणहरु चोर बाटो भएर आवतजावत गर्ने गरेका थिए, तर वर्षा र बाढीका कारण छेउछाउमा पानी जमेपछि बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछि तीन दिनअघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थियो ।

सीमा क्षेत्रमा भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणहरुलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए । तर सोही क्रममा किनमेलका लागि भारत जान लागेका नेपाली युवकलाई भारतीय एसएसबीले कुटपिट गरेको आरोप स्थानीयहरुको रहेको छ ।

एसएसबीको कुटाईबाट घाईते भएका नेपाली युवकको गौर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment