इलाम गोलाखर्कका नारायणको झापाको बुद्धशान्तिमा भएको सवारी दुर्घटनामा मृत्यु


इलाम, २१ असारः झापामा भएको सवरी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बुद्धशान्ति–४, जोगीडाँडा स्थित मेचीराजमार्गमा आज साँझ ७ बजे पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यू भएको छ । मृत्यूहुनेमा इलाम नगरपालिका ९ गोलाखर्कका नारायण कार्की रहेका छन् । उनलाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिले जानकारी दिएको छ ।

इलामबाट तरकारी बोकेर झापा तर्फ आँउदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र झापाबाट इलाम तर्फ आउँदै गरको मे ९ प ९२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो । मोटरसाइलक चालकको पछाडी बस्ने मनिष श्रेष्ठ भने गम्भीर घाइते भएका उनलाई उपचारको लागि वी एण्ड सी अस्पताल लगेको बताइएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment