इलाम नगरपालिकाका ४१ सहित इलामा ५५ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु


इलाम, २१ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ५५ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ५५ जना थपिए संगै संक्रमितको संख्या २ हजार ४२ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा २० महिला  २१  पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला १ पुरुष,  माई नगरपालिकामा १ महिला १ पुरुष, चुलाचुली गाउँपालिकामा १ पुरुष, देउमाई नगरपालिकामा १ महिला र सन्दकपुर गाउँपालिकामा ३ महिला ३ पुरुष  रहेका छन् ।

संक्रमणको कारण २ जनाको मृत्यु 

कोरोना संक्रमणको कारण इलाममा आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम ७ का एक जना र चुलाचुली ५ का एक जना  रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ५१ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ५ सय ८० जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता