झापामा जारी निषेधाज्ञा एक साता थप : सार्वजनिक सवारी साधन चल्न दिइने

झापा । झापामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप गरिएको छ । थप गरिएको निषेधाज्ञा खुकुलो बनाउदै सार्वजनिक सवारी साधन पनि खुलाउने निर्णय गरिएको छ ।

जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए ।

बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि तथा सार्वजनिक सवारी साधन जोरविजोर प्रणाली अन्तरगत बिजोर प्रणालीमा झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद, इत्यादि सञ्चालनमा भने रोक लगाएको छ ।

त्यस्तै, बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ। होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment