इलाममा थप ३३ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, ३० असारः इलाममा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज पुष्टी भएका ३३ जना सँग संक्रमितको संख्या २३५२ पुगेको छ । 

आज संक्रमित हुनेमा सूर्योदय नगरपालिकामा ८ महिला १२ पुरुष, इलाम नगरपालिकाका ६ महिला १ पुरुष र माइजोगमाई गाउँपालिकामा ४ महिला २ पुरुष रहेका छन् । 

थप १ जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका वडा नं. ९ को ६८ वर्षिय महिला रहेकी छन् । इलामा कोरोना संक्रमणको कारण ५७ जनाको मृत्यु भइसकेको छ । इलाममा अहिले ४१५ जना सक्रिय संक्रमित रहेका छन् जस मध्ये ४०० जना होम आइसुलेसनमा रहेका छन् । १२ जना अस्पतालमा सामान्य उपचारमा रहेका छन भने ३ जनाको आइ सी युमा उपचार भइरहेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment