मुलुकभर थप २९०५ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार १०८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १० जना र ४ हजार ९१६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना कोरोनामुक्त भए, १८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २४ हजार ७११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ८५ हजार ९७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment