आज बालुवाटार छाड्दै ओली, कार्यकर्ताले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

 

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरन लाग्नु भएको हो ।

ओली आज बिहान ११ बजे बाहिरिने बताइएको छ । ओलीलाई एमालेको युवा सदस्ता युथफोर्सको स्कर्टिङमा नीजि निवास बालकोट पुर्याउने तयारी गरिएको छ ।

दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याइने एमालेका युवा नेता महेश बस्नेतले दावी गर्नुभएको छ ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको थियो। देउवा र देउवा सरकारका चार मन्त्रीले समेत सपथग्रहण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment